७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

राजकीय सम्मानसाथ सुवासको अन्त्येष्टि

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि गरिएको छ । नेम्वाङ अन्त्येष्टिका लागि पार्थिव शरीर उनको घरबाट राजकीय सम्मानसाथ बिहान आर्यघाट पुर्‍याइएको थियो ।

त्यसअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शीर्ष नेता तथा हजारौं कार्यकर्ता, आफन्त र शुभेच्छुक आर्यघाटमा उपस्थित छन् ।

हिन्दू र लिम्बू संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरेका थिए ।

संविधानसभाका अध्इक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*