७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

काठमाडौंमा शक्ति प्रदर्शन : राजा खोज्दै राप्रपा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको सडकमा शक्ति प्रदर्शन गर्दै राजा खोजेको छ । राजधानी काठमाडौं केन्द्रित गरेर हजारौं नेता कार्यकर्तालाई बुधबार राप्रपाले प्रदर्शनमा उतारेको हो ।

हिन्दू राष्ट्र, राजसंस्था पुनस्र्थापना, भ्रष्टाचारीलाई कडा कारबाही, संघीयता खारेजी र गौहत्याको विरोध गर्दै भृकुटीमण्डप राप्रापको जुलुस निस्किएको थियो । सत्ताधारीलाई खासगरी शक्ति प्रदर्शन गर्ने उद्देश्यसाथ राप्रपाद्वारा आयोजित जुलुसमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताले सभालाई सम्बोधन गर्दै छन् ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष जनप्रदर्शनकै क्रममा जानकारी गराएका छन् । हिन्दु राष्ट्रको पहिचान गौमाताका हत्यारालाई हदैसम्मको कारबाही उनीहरुको माग छ ।

र्‍यालीमै केही सञ्चारकर्मीको जिज्ञासामा शाहीले भनेका छन्, बालुवाटार प्रकरणको नाइकेहरूलाई पक्राउ नगरेसम्म देशभर आन्दोलन चलिरहन्छ । त्यस्तै गरी सुन काण्डका मुख्य दोषी, शरणार्थी प्रकरणका मुख्य नाइकेहरूले उन्मुक्ति पाउनु नहुने उनको तर्क थियो ।

र्‍यालीमा ‘राजा आउ देश बचाऊ, हिन्दु राष्ट्र कायम गर, भ्रष्टाचारीलाई कडा कारबाही गर, गौहत्यारालाई जन्मकैद दे’ जस्ता भड्किला नारा लगाएका थिए । जुलुस सहर परिक्रमापछि शान्तिबाटिका पुगेर सभामा परिणत भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*