७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

काठमाडौं महानगर– १६ का चर्चित वडाध्यक्ष रिजालको निधन

काठमाडौं महानगर– १६ का चर्चित वडाध्यक्ष मुकुन्द रिजालको डेंगुका कारण निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको आज बिहीबार बिहान निधन भएको वडा कार्यालय स्रोतले जनाएको छ ।

अध्यक्ष रिजाल डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । उनी काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापतिसमेत हुन् ।

गत स्थानीय तह निर्वाचनमा रिजाल काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा पनि सोही वडा अध्यक्षका रुपमा थिए । विकासको काममा खरो उत्रने रिजालको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति भएको काठमाडौं कांग्रेसले जनाएको छ ।

पछिल्लो निर्वाचन लगत्तै फोहोर व्यवस्थापन विषयमा उनले दिएको अभिव्यक्तिले निकै चर्चामा पाएको थियो । सो विषयलगायतमा कार्यपालिकाको पहिलो बैठकमै मेयरसँग रिजालको चर्काचर्की परेको थियो । यसले सञ्चार माध्यमहरुमा राम्रो स्थान पाएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*