७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

कांग्रेस नेता यादवमाथि दिनदहाडै खुकुरी प्रहार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लबमा भाषण गरेर बाहिरिँदै गरेका पूर्वमन्त्रीसमेत रहेका यादवलाई ढोकैमा धारिलो खुकुरी टाउकोमा हानिएको थियो ।

यादव कार्यक्रम सकेर निस्किँदै गर्दा नुवाकोट घर बताउने श्यामबाबु सापकोटाले आक्रमण गरेका थिए । कार्यक्रममा पार्टी नेता बालकृष्ण खाँण निर्दोष हुँदाहुँदै फसाइएको अभिव्यक्तिलाई सापकोटाले कारण बनाई चर्को नारासमेत लगाए ।

प्रहरी नियन्त्रणमा रहँदा पनि सापकोटाले भ्रष्टाचारीहरुलाई यसैगरी सफाय गर्ने भन्दै नारा लगाए । उनले राजतन्त्र फर्कनुपर्ने समेत बताएका थिए । उनी प्रहरी हिरासतमा छन् ।

खुकुरीको चोटबाट घाइते सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । टाउकोमा खुकुरी लागे पनि गहिरो चोट नहुँदा यादव खतराबाट मुक्त छन् ।

यसैबीच कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।

कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जोकोही वा समूहमाथि गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*