७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

क्वीन्टल सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सुपुत्र पनि तानिए

ठेक्कापट्टामा पछिल्लो समय नेपालको बजारमा चर्चित व्यक्ति दीपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयानका लागि कार्यालयमै उपस्थित गराएको छ । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सहोदर छोरा हुन् ।

दीपेशले आज महाराजगञ्जस्थित ब्यूरो कार्यालय पुगेर बयान दिएको प्रहरी स्रोतले जनाएकोछ । क्वीन्टल सुन तस्करी प्रकरणमा तानिएका व्यक्तिहरुसँग उनको राम्रै उठवस देखिएपछि सीआईबीले बयान लिएको हो ।

पछिल्लो समय ठूला व्यापारिक गतिविधिमा दीपेशको नामले नै काफी हुने भन्ने भनाइ छ । यस प्रकारका कार्यहरुमा उनको सल्लाह, सहमति र निर्देशनबिना काम भए अवैध नै मानिने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

राजश्व अनुसन्धान विभागले साउन ३ गते लुकाएर ल्याइएको भनिएको १५५ किलो ब्रेक शू बरामद गरेको थियो । यही ब्रेक शूलाई गाल्दा पछि झन्डै ६१ किलो पहेँलो धातु सुन निस्किएको हो ।

बरामद राजश्वले गरेर छानबिन पनि उसैले गरिरहँदा १९ दिनपछि मात्रै अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सबैभन्दा चल्तीका व्यक्ति चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग राम्रै उठबस भएको देखिएको छ । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् ।

उता भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पनि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि यतिबेलासम्म प्रहरी हिरासतमै छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*