७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

दाङको तेल मिलमा भीषण आगलागी, ठूलो क्षति भएको अनुमान

तुलसीपुर उपमहानगरपालिका–६ मा सञ्चालित गणपति तेल मिलमा आज मध्यरातमा भीषण आगलागी भएको छ । तेल मिलमा राति झन्डै साढे २ बजेतिर आगो लागेको थियो ।

मिलमा आगो लागेको समाचार प्राप्त भएलगत्तै स्थानीय र प्रहरीले आगालागी नियन्त्रणका लागि पुगेको थियो । पानी ट्यांकरहरुमा ओसारिएको पानीको सहायतामा निभाइएको थियो ।

आगलागी नियन्त्रणका लागि झण्डै २ घण्टा लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रातिको समयमा मान्छेहरु सुतिरहेको हुँदा आगो नियन्त्रणमा केही समय लागेको प्रहरीको भनाइ छ ।

आगोले दुईतले पक्की भवन पूर्णरूपमा क्षति पुगेको छ । दाल पिस्ने मेसिन तथा तेल मिसिनमा पनि ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीले बताए ।

आगलागीबाट डेढ करोड बढीको धनमानल जलेर नष्ट भएको प्रहरीको अनुमान छ । मिलमा आगो विद्युत् सट भएर लागेको हुन सक्ने प्रहरीको भनाइ छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*