१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

नेकपा एस केन्द्रीय कमिटी बैठक बस्दै : नेताहरूले बोल्ने क्रम जारी

माधव नेपालको दस्तावेजमा झलनाथ खनालको फरक मत

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बुधबार पनि जारी रहने छ । बिहान ८ बजेदेखि बस्ने बैठकमा हिजो बोल्न समय नपाएका नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ । भदौ ५ गतेबाट सुरु बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

हिजोको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश भएको पार्टी सचिवालयले जानकारी दिएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत उल्लेख गरिएको छ ।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा एमालेबाट अलग हुनुको औचित्य पुष्टि भएको दाबी गरिएको छ । उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका छ ।

पार्टीका सम्मानित नेता खनालले अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा फरक मत राखेका छन् ।

नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्दै प्रतिवेदन प्रस्तुत गरे पनि चाहेअनुसार पार्टी अगाडि बढाउन नसकेको स्वीकार पनि गरेका छन् । पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेन नेपालको प्रतिबेदनमा उल्लेख गरिएको छ, पार्टी पङ्क्तिमा आलस्य, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिए ।

यस्तो कमजोरी देखिनुका विभिन्न कारणमध्ये मुख्यचाहिँ पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो ।

तर, खनालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्यसमेत पुष्टि गर्न नसकेको कारणले नेता कार्यकर्ता पलायनको दाबी गरे ।

अध्यक्ष नेपालले प्रतिवेदनमा राखेको एमालेभन्दा आफूहरु फरक भएको ७ बुँदे धारणासमेत स्वीकार्न खनाल तयार भएनन् । त्यसो त साउन १९ गते बसेको स्थायी कमिटीको बैठकमा पनि उनले १६ पन्ने फरक मत राखेका थिए ।

खनालले नेतृत्वको आलोचना गर्दै एमालेभन्दा फरक देखाउन नसकेको आरोप लगाएका थिए । कांग्रेस र माओवादीकै पछि लागेको कारणले संगठन विस्तारमा कमी भएको उनको राय थियो । उनले आजको बैठकमा पनि त्यही १६ पन्ने धारणालाई दोहोर्‍याएका थिए ।

खनालले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाउँदै छलफलका लागि पर्याप्त समयको माग गर्दै डेढ घण्टा बोल्दा पनि आफ्नो धारणा राखिसकेका छैनन् । मंगलबार डेढ घन्टा बोलेर पनि नसकेको धारणा आज पुनः बस्ने बैठकमा राख्ने कार्यक्रम छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*