नेपाली कांग्रेस संसदीय समितिको निष्कर्ष : सुन तस्करीको छानबिन सीआईवीले गर्छ
सत्तागठबन्धन प्रमुख घटक नेपाली कांग्रेस संसदीय समितिको बैठक तीन दिनसम्म चलेर सोमबार सकिएको छ । दलको बैठकमा बोल्न अधिकांश सदस्यले गठबन्धन सरकार नेतृत्व दलप्रति असन्तुष्टि जनाएका थिए ।
केहीले सरकारको बचाउ गरे पनि शेखर कोइरालाले त क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनमा जोड दिएका थिए । धेरै सांसदले सुन तस्करीमा संलग्न माओवादी नेताहरुको नाम सार्वजनिक भएसँग सरकारलाई दिएको समर्थन नै फिर्ता लिनुपर्नेसम्म धारणा राखे ।
तर बैठको अन्तिम दिन भन्सार जाँचपासपछि बरामद क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने निष्कर्ष निकालेको छ । केही सांसदले निर्णयमा पुनर्विचार गर्नुपर्ने धारणा बैठकपछि पनि सार्वजनिक गरेका छन् ।
संसदीय दल बैठकको निचोड सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले सीआईबीलगायत सरकारी निकायले छानबिन गरिरहेको हुँदो यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करीजस्ता गैरकानुनी कार्य भइरहेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करी हुने र गैरकानूनी कार्य पूर्णरूपमा निस्तेज हुनुपर्छ सांसदहरुको भनाइ छ । अनैनिक कार्यमा जोसुकै दोषी भए पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने र निष्पक्ष, स्वतन्त्र र गहिराईमा पुगेर छानबिन हुनुपर्ने उनीहरुको भनाइ छ ।
दलको बैठकको दोस्रो नम्बरको निचोड भने गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्ने बताइएको छ ।
उपभोग्य सामानको मूल्यवृद्धि, कालाबजारी नियन्त्रण, बाढीपहिरो, डुबान र लम्पीस्किन, डेंगु, आँखा पाक्ने रोगजस्ता विषयमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
जनताका समस्या राख्ने थलो सदनलाई बन्धक बनाइएको भन्दै कांग्रेसले लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी प्रतिपक्ष उत्रिनु गैरजिम्मेवारी भएको टिप्पणी गरेको छ ।