कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा अन्तिम सुनुवाई सुरु
- ७ श्रावण, २०८०, आईतवार ०५:०१
- मुख्य समाचार
- न्यूज समय
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्चमा अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो ।
सो रीटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम गर्न रोक लगाउँदै साउन ७ गतेदेखि अन्तिम सुनुवाई गर्न आदेश दिएको थियो । इजलाशको आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरिसकेकाले आइतबारदेखि अन्तिम सुनुवाई सुरु हुने छ ।
सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका नेता कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गर्दै सर्वोच्च गएका थिए ।