२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

अमेरिकी विदेशमन्त्रीको नेपाल भ्रमण भोलि

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु केही घन्टाको नेपाल भ्रमणमा भोलि शुक्रबार आउँदैछन् । दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु अमेरिकाबाट सीधै नेपाल आउने छन् ।

नेपालमा केही घण्टाको बसाइँपछि उनी दक्षिण एसियाकै अर्को कुनै देशमा जाने अमेरिकी दूताबास स्रोतले बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले बिहीबारमात्रै सूचनामार्फत जारी गराएको हो ।

नेपाल भ्रमणको समयमा उनको खासै कार्यक्रम निर्धारण नभए पनि राजनीतिक दलका नेताहरु र दूतावासका केही कर्मचारीसँगको भेट हुने जनाइएको छ । नेपाली राजनीतिज्ञ क–कसलाई भेट्ने कार्यक्रम छ त्यो पनि दूताबासले निर्धारित कार्यक्रममा जनाएको छैन ।

दूताबासद्वारा जारी सूचनामा जे कार्यक्रम राखिए पनि उनी खासमा एमसीसी कार्यान्वयनबारे जानकारी लिने उद्देश्यले नेपाल ओर्लन लागेको परराष्ट्रबारे जानकारहरुको भनाइ छ । लु नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित चरणको बेला पनि नेपाल आएका थिए ।

ताकि लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येमा पहिलो नम्बरमा पर्छन् । उनी यसअघि पनि नेपाल आइसकेका छन् । नेपाल आउनेमात्र होइन, लुले नेपालका शीर्ष नेताहरुसँग टेलिफोन वार्तासमेत गरिरहने स्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*