१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्रीको पद स्वत गयो


सर्वोच्च अदालतको फैसला संगै रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्रीको पद खुस्किएको छ ।
शुक्रबार अवेर सर्वोच्चले लामिछाने सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको फैसला गरेपछि उनको पद स्वत गएको हो ।
सांसद तथा मन्त्री हुन संविधानमा नेपाली नगरिक हुनुपर्ने व्यवस्था अनुसार सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासबाट यस्तो फैसला भए संग लामिछानेको मन्त्री पद गएको हो ।
लामिछाने ३२ दिन अघि पौष ११ गते पुष्पकमल दाहाल प्रधानमन्त्री हरेको सरकारको उपप्रधान एवं गृहमन्त्री बनेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेको पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगाएतका दल संग गठबन्धन गरी सरकारमा सहभागी भएको थियो ।
उनको राष्ट्रिय स्वतन्त्र पार्टीले गएको मंसिर ४ मा सम्पन्न चुनावमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २० सिट हाँसिल गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*