निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपति भण्डारीलाई बुझायो
निर्वाचन अयोगले मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बुझाएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बिहिबार राष्ट्रपति निवास पुगेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन परिणाम राष्ट्रपति भण्डारीलाई बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार निर्वाचनको सम्पूर्ण परिणाम घोषणा गरेको दोस्रो दिन राष्ट्रपति समक्ष परिणाम बुझाईएको हो ।
घोषित निर्वाचनको परिणाम अनुसार नेपाली काँग्रेसले ८९ सिट प्राप्त गरी पहिलो तथा सवै भन्दा ठुलो पार्टी बनेको छ । त्यसै एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र)ले ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी) ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएका छन् ।
आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाए संगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
संविधानको धारा ७६ (८) मा ‘निर्वाचन अन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त गर्नुपर्ने’ व्यवस्था अनुसार सरकार गठनको प्रकृया अव अगाडी बढ्ने छ ।
निर्वाचनबाट सरकार गठनका लागि कुनै दलले स्पष्ट बहुमत नल्याए पनि अन्य दललाई समेटेर बहुमतको सरकार गठनकालागि १३८ सांसदको संख्या आवश्यक पर्दछ । सोहि प्रकया अनुसार दलहरु बहुमत जुटाउने प्रकृया थालनि गरेका छन्
त्यस्तै प्रदेशमा पनि काँग्रेस सवै भन्दा ठुलो दल बनेको छ ।