सत्ता गठबन्धनको बैठक बस्दै, बैठकमा चुनाबको समिक्षा र नयाँ सरकार गठन बारे छलफल हुने
सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक सोमबार (आज) बस्ने भएको छ ।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा र नयाँ सरकार निर्माणका बिषयमा छलफल गर्ने श्रोतले बताएको छ ।
सत्ता गठबन्धका ५ दल मध्य माओबादी केन्द्रले अपेक्षित परिणाम नआएको भन्दै असन्तुष्ट जनाई रहेका बेला यो बैठकलाई बिशेष चासोका रुपमा हेरिएको छ ।
दलहरुले यहि गठबन्धनलाई निरन्तरता दिने गरी अगाडि बढ्ने भनिरहेका बेला माओबादी केन्द्रका केहि नेताहरु असन्तुष्ट हुनुलाई गठबन्धनले निरन्तरता पाउने नपाउने भन्ने अन्योलता बढेको छ ।
सत्ता गठबन्धनमा रहेका पाँच दल मध्य नेपाली काँग्रेसले ५७, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् ।