हिन्दू नारीहरुले सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाए

न्यूज समय

हिन्दू नारीहरुले आज विहिबार सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाएका छन् ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाईने यो पर्वमा नारीहरुले बिहानै उठेर नजिकैको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्तऋषिको पूजा गर्ने गर्दछन् ।
ब्रत बसेर यसरी स्नान गरी सप्तऋषिको पूजा आराधना गरे सम्पूर्ण दोष नास हुने धार्मिक विश्वास रहदै आएको छ ।
ऋषि पञ्चमीको दिन आज विहानै देखि काठमाडौंको टेकु,पशुपती नाथ, मूलपानी, चितवनको देवघाट, लगाएतका नदि तथा जलाशयमा स्नान तथा पूजा गर्ने महिलाहरुको भिड लागेको देखिन्थ्यो ।