५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मुल्य घटाउने सहमति


सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मुल्य घटाउने सहमति भएको छ । बैठकमा आजै मन्त्रीपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, वजारको अनुगमन कडाईका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मुल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए । पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रीपरिषदको बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मुल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

सरकारले वजार अनुगमनलाई पनि कडाई गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए । पौडेलले भने–‘मैले सरकार वजारमा हस्तक्षेप गरेर मुल्य बृद्धिलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो । खाद्य संस्थान र साल्ट टे«डिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । सरकारले राज्यका सवै निकायलाई प्रयोग गरेर मुल्य बृद्धिलाई नियन्त्रण गर्नुपर्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*