६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

रवीन्द्र मिश्रको राजिनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।
मिश्रले एक बिज्ञप्ती मार्फत आफुले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । हालै सम्पन्न स्थानीय निकाएको चुनावमा पार्टीले प्राप्त गरेको निर्वाचनको परिणामाको जिम्मेवार लिदैं बुधबारबाट लागुहुने गरी राजिनामा दिएको बिज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
बिज्ञप्तीमा आफु पार्टीको साधारण सदस्य भने रहिरहने जनाईएको छ ।
चुनावमा विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित केही वडामा मात्र जित हासील गरेको छ ।
पार्टीले ललितपुर, काठमाडौं सहित थुपै्र स्थानीयतहका प्रमुख, उपप्रमुख सहितका पदहरुम उमेदवारी दिएको थियो ।
यसै विच संयोजक मिलन पाण्डेलगायतका नेताहरूलाई गरिएको कारबाही फिर्ता लिन पनि मिश्रले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितलाई अनुरोध गरेका छन् ।
पार्टीको दस्ताबेज प्रति असहमति जनाएर राजिनामा दिने साथीहरुलाई पनि पुनः पार्टीमा सामेलहुन मिश्रले बिज्ञप्ती मार्फत आव्हान पनि गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*