उपचारका लागि अस्पताल जाँदा अनिवार्य पीसीआर परिक्षण गर्नु पर्ने प्रावधान हटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप कार्ड भए उपचारकालागि पीसीआर परिक्षण गर्नु नपर्ने व्यवस्था गरिएको हो ।
कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाईसकेका र भाईरसको कुनै पनि लक्षण नदेखिका मानिसले उपचारका लागि अस्पताल जाँदा खोप कार्ड भए अनिवार्य पीसीआर परिक्षण गर्नु नपर्ने व्यवस्था मिलाईएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
यस अघि उपचारकालागि अस्पताल जाँदा पीसीआर परिक्षण अनिवार्य थियो ।
न्यूज समय
४ चैत्र, २०७८, शुक्रबार ००:००