प्रतिनिधी सभाको बैठक मंगलबार (आज) बस्दै छ ।
दिउँसो १ बजे तय भएको संसद बैठकले अघिल्लो बैठक जस्तै शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूची रहेको छ ।
यादवको गएको माघ १ गते निधन भएको थियो ।
न्यूज समय
३ चैत्र, २०७७, मंगलबार ००:००