नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार आज अपरान्ह ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बस्दैछ।
कांग्रेसले शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले आयोजना गरेको हो।
न्यूज समय
२० फाल्गुन, २०७७, बिहीबार ००:००