नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति तय गर्न छलफललाई तिव्रता साथ अघि बढाएको छ। यो समूहले आज स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक आह्वान गरेको छ।
केन्द्रिय कार्यलय पेरिसडाँडामा विहान ११ बजे स्थायी कमिटि बैठक बस्ने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। स्थायी कमिटी बैठक सकिएपछि लगत्तै दिउँसो १ बजे पेरिसडाँडामा नै केन्द्रिय कमिटी बैठक बस्ने प्रचण्ड–माधव समूहका केन्द्रिय सदस्य विष्णु रिजालले बताए। रिजालका अनुसार स्थायी कमिटी बैठकले केन्द्रिय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।
आजको केन्द्रिय कमिटी बैठकमा सदस्यहरुलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन भनिएको छ। पार्टीको आधिकारिकता सम्बन्धि विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–माधव समूहले आवश्यक परे ती कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका साथ बैठकमा उपस्थित हुन आफ्नो समूहका केन्द्रिय सदस्यलाई निर्देशन दिएको हो।
न्यूज समय
१९ फाल्गुन, २०७७, बुधबार ००:००