चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटकपटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने तयारी गरेका छन्।
यसपटक प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेको केसीले बताएका छन्।
सत्याग्रहबारे जानकारी दिन डा. केसीले आज सार्वजानिक स्थलमा कार्यक्रम गर्दैछन्। उनले माइतीघर मण्डलामा दिउँसो १ बजे २० औं सत्याग्रहबारे जानकारी दिने भएका हुन्।
न्यूज समय
२९ माघ, २०७७, बिहीबार ००:००