सत्तारुढ नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीको नामका ठाँउमा पशुपतिनाथको नाम जप्न थालेको जनतामाथि भन्दा बढि विश्वास पनि पशुपतिनाथ माथि गर्न थालेको बताएका छन् ।
भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाले भने–‘केपी जी, तपाई त मदन भण्डारीको नाम जप्नु हुन्थ्यो। आजकल पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ। तर एउटा कुरा याद गर्नुस् पशुपतिनाथले पनि पाप गर्नेलाई भलो गर्दैनन्। चेतना भया ।’
बत्ति बालेर ओलीले गरेको पाप नपखालिने नेपालले टिपप्णी गरे। निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले आफू प्रथम अध्यक्ष भएको भन्दै धम्काएको नेता नेपालले बताए। उनले ओली आफ्नो गुटको र बालकोटको मात्रै अध्यक्ष भएको बताए। कसैले नदिएको ताज पहिरिएर ओली आफै राजा भएर हिँडेको उनको आरोप छ।
न्यूज समय
२८ माघ, २०७७, बुधबार ००:००