संविधान संकटमा पर्दा लड्डु कांग्रेसका कारण कांग्रेसमाथि पनि प्रश्न छ : गगन थापा

न्यूज समय


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले लोकतन्त्रका लागि लड्नेहरुको पंक्तीमा केपी ओलीको नाम इतिहाँसका कुनै पानामा पनि नलेखिने बताएका छन् । रत्नपार्कमा आयोजित सभामा बोल्दै उनले ओलीको नाम जनताको अधिकार खोस्ने शासकको पंक्तीमा नाम लेखिने स्पष्ट पारे । उनले संविधान संकटमा पर्दै गर्दा कांग्रेसमाथि पनि प्रश्न उठेको बताए ।

उनले कांग्रेसका केहि मान्छेहरुले दुवै हातमा लड्डु देखेको तर ती लड्डु कांग्रेसका कारण कांग्रेसमाथि पनि प्रश्न उठेको बताए । सभापति शेरबहादुर देउवा तर्फ इंगित गर्दै नेता थापाले न्यायको चार किल्ला भित्र न्यायको हत्या नहोस भनि वीपी कोइरालाले २०३३ सालमा अदालतमा बयान दिदा भनेको स्मरण गर्दै कांग्रेसले अहिले रामशाहपथ तिर टुलुटुल हेरेर पख्नुस पख्नुस भन्न नहुने स्पष्ट पारे ।

थापाले संसद विघटनका बारेमा कांग्रेसले पुस ५ गते नै असंवैधानिक भनिसकेको र केपी ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रीक हो भन्ने कांग्रेसको आधिकारीक धारणा भएको स्पष्ट पारे ।

नेता थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले म सरकार चलाउदिन भन्न पाइदैन भन्ने बहस भएको तर्फ इंगित गर्दै भने–‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर जाने र घर बस्न मन नलागे जंगल जाने हो । संसदलाई भड्खालामा हाल्ने होइन् । म पनि संविधान लेख्ने संविधानसभाको सदस्य हुँ कँहि कतै छैन संविधानमा संसद बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार ।’