जनता समाजवादी पार्टी (जसपा) ले प्रतिगमनविरुद्ध माघ २९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ ।
आज बसेको पदाधिकारी बैठक साे निर्णय गरेको पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्वीटरबाट जानकारी गराएका छन् । उनले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने पनि उल्लेख गरेका छन् ।
डा.भट्टराईका अनुसार माघ २३ जिल्ला, माघ २५ संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका, माघ २९ मा वडा तहमा समायोजन सँगसँगै पुत्लादहन र मसाल जुलुस लगायत कार्यक्रम आयोजना हुनेछ ।
न्यूज समय
१६ माघ, २०७७, शुक्रबार ००:००