१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न रुसको अमेरिकालाई चेतावनी

 रुसले आफ्नो आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै आपत्ति जनाएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेलगत्तै उनका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै रुसले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफलका लागि तयार रहेको बताउनुभएको छ । विपक्षी नेता नाभाल्नी पक्राउ परेलगत्तै उनका समर्थकहरुले रुसमा प्रदर्शन गरीरहेका छन् ।

नाभाल्नीलाई निसर्त रिहा गर्न माग गर्दै देशव्यापी रुपमा भएका प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । प्रहरीको कारवाहीमा कयौं घाइते भएको बीबीसीले जनाएको छ । नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरीएको थियो ।

नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर विरोधी मानिनुहुन्छ । अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । अमेरिकाले बारम्बार रुसमाथि युक्रेनी विद्रोहीको समर्थन गर्नुका साथै सिरियाली राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने र लिबियाको गृहयुद्धमा हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*