संविधानविद् भिमार्जुन आचार्यले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नदिने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि बहस गर्ने क्रममा अधिवक्ता आचार्यले भने–‘बहुमतको प्रधानमन्त्रीलाई त संसद विघटन गर्ने अधिकार संविधानले दिँदै दिँदैन‚’ उनले भने‚ ‘विगतका संविधानमा विघटन गर्न दिने व्यवस्था थियो तर अहिले त यसलाई पनि रोकिएको छ।’
विगतमा संविधानमा व्यवस्था हुँदा हुँदै पनि अदालतले संसद विघटन नै उल्ट्याइदिएको तर्क गर्दै आचार्यले भने–‘विगतमा अदालतले उल्टाएको छ। अहिले त त्यो पनि संविधानले दिएको छैन। प्रधानमन्त्रीले राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ‚ तर संवैधानिक भने होइन।’
न्यूज समय
४ माघ, २०७७, आईतबार ००:००