प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न राजनीतिक बाध्यता भएको बताए पनि कुनै बाध्यताका कारणले संविधान मिच्न नपाइने नारायणकाजी श्रेष्ठले बताएका छन्।
आज राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘हाम्रो प्रधानमन्त्री र प्रधानमन्त्रीका समर्थन गर्ने कतिपय साथीहरूले भन्नुभएको छ, यो राजनीतिक बाध्यता पऱ्यो, संवैधानिक त होइन । संवैधानिक हो भन्न त सकिँदैन । राजनीतिक बाध्यता पऱ्यो, के हो बाध्यता रु कुनै बाध्यताका कारणले संविधान मिच्न पाइँदैन । संविधानमाथि प्रहार गर्न पाइँदैन । संविधानलाई उल्लंघन गर्न पाइँदैन । यो राजनीतिक परिवर्तनमाथि आक्रमण गर्न पाइँदैन ।’
न्यूज समय
२४ पुस, २०७७, शुक्रबार ००:००