कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले राखेको अन्तर्क्रिया कार्यक्रममा नेता पौडेलले अब आशाको केन्द्र सर्वोच्च अदालत रहेको बताए ।
उनले भने–‘असंवैधानिक, अलोकतान्त्रिक काम सच्चिनुपर्छ । अब आशाको केन्द्र सर्वोच्च अदालत हो । राष्ट्रपति थियो, आँखा चिम्लेर सही गरिदिनुभयो । यो प्रतिनिधिसभा संवैधानिक आधारविना नै विघटन गर्नुभयो । यो प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’
आफूहरू संविधान निर्माता भएकाले अदालतमै पुगेर पनि विघटन गर्ने विशेषाधिकार नरहेको कुरा भन्नुपरे भन्ने उनको भनाइ थियो ।
न्यूज समय
२१ पुस, २०७७, मंगलबार ००:००