१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

अमेरिकाको सीनेटका लागि जर्जियामा रोकिएको निर्वाचन आज


अमेरिकाको माथिल्लो सदन सीनेटमा निर्वाचित हुन आवश्यक अर्थात् पचास प्रतिशत मत कटाउन नसकेपछि जर्जियामा आज मतदान हुँदैछ । गत नोभेम्बरमा गरिएको निर्वाचनमा ५० प्रतिशत मत कटाउन नसकेपछि आज मतदान हुन लागेको हो ।

जर्जियाबाट चुनिएर आउने दुई सीट जनवरी २० बाट अमेरिकाको नेतृत्व सम्हाल्न लागेका जो बाइडनका लागि अमेरिकी सदनको दुबै सदनमा आफूनुकूल बनाउन अत्यन्तै महत्वपूर्ण छ भने रिपब्लिकनका लागि सीनेटमाथिको नियन्त्रण कायम गर्नका लागि पििन यो निर्वाचन महत्वपूर्ण मानिएको छ ।

सन् २०१४ देखि सीनेटमा आफ्नो नियन्त्रण कायम गरेको रिपब्लिकनसँग हाल ५० सीट रहेको छ भने डेमोक्र्याटससँग ४८ सीट रहेको छ । यो दुई सीट हात पार्न सके डेमोक्र्याटसँग पनि रिपब्लिकनको बराबर ५० सीट हुनेछ । सीनेट सभाको अध्यक्षता गर्ने जिम्मेवारी उपराष्ट्रपतिको भएकाले निर्णायक मताधिकार हुने उपराष्ट्रपति डेमोक्र्याट्ससँग भएको फाइदा जो बाइडनलाई हुनेछ । त्यसैले पनि यो दुई सीटको महत्व बढेको हो ।

निर्वाचित राष्ट्रपति बाइडन र पराजित वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले मतदातालाई आफ्ना पक्षमा पार्न अन्तिम कसरत गर्दै हुनुहुन्छ । राष्ट्रपति निर्वाचनमा भने ३० वर्षयता पहिलो पटक जर्जियामा जित्दै डेमोक्र्याट उम्मेदवार बाइडनले त्यहाँको इलेक्टोरल कलेज आफ्नो पक्षमा पार्नुभएको हो ।

उता ट्रम्प भने यस्तै परिणामका कारण रन्थनिनुभएको छ र हार स्वीकार नै गर्न सक्नुभएको छैन । नोभेम्बरको निर्वाचनमा रिपब्लिकन उम्मेदवारले बढी मत ल्याए पनि जीत निकाल्न सकेका थिएनन् । पुननिर्वाचन भएकाले दुबै पक्षले सारा शक्ति केन्द्रित गराएका छन् ।

मतदान शुरु भइसकेको छ भने अघिल्ल निर्वाचनमाभन्दा बढी मत खस्ने अनुमान छ । यस्तोमा यहाँको दुई सीटको कस्को पोल्टामा जाला भन्ने प्रष्ट हुनका लागि भने मंगलबार मतदान सकेलगत्तै गरिने मतगणनाको प्रतीक्षा गर्नुपर्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*