१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

इस्लामिक लडाकुको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु

अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकुको एक समुहले गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मारिएका हुन् ।

दुवै स्थानमा एकै समयमा आक्रमण भएको अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् । नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिए ।

अफ्रिकाको सहेल क्षेत्रमा हालैका दिनहरुका लडाकु समुहले हिसात्मक गतिविधि बढाउंदै लगेका छन् । गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्रमणमा २७ जना मारिएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*