१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सरकार विरुद्ध १६५ निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन


नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् ।

पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर , गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*