संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गरेको पाइएको छ।
संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको पाइएको हो।
उक्त निर्णय गोप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ।
तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ।
यसले गर्दा अब सुनुवाइबिनै नियुक्तिका लागि ४५ दिनपछि बाटो खुलेको छ। राईसँगै अरु केही व्यक्तिलाई पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ।
न्यूज समय
५ पुस, २०७७, आईतबार ००:००