२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्याउ : प्रमुख सचेतक लेखक

पूर्व मन्त्री एवं नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्याउन आग्रह गरेका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रवार बसेको बैठकमा बोल्दै कानून, न्याय तथा मानव अधिकार समितिलाई सङ्क्रमणकालीन न्याय चाँडै टुङ्गोमा पुर्याउन आग्रह गरेका हुन् ।
यही फागुन १९ भित्र यसलाई टुङ्गो लगाई सक्नुपर्ने धारणा राख्दै प्रमुख सचेतक लेखकले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गरेर अगाडि बढ्न सवैलाई आग्रह पनि गरे ।
यस विषयमा खासै असहमति हुने स्थीती नरहेको भन्दै एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउनु पर्छ भन्दै लेखकले यदि त्यसमा कुनै अप्ठेरो भए त्यसलाई संसद्को पूर्ण बैठकले टुङ्गो लगाउने गरी संसदमा पठाउन ढिलाइ गर्न नहुने पनि उल्लेख गरे ।
पीडितहरुको पीडाको विषय भएकाले पनि यस प्रति सवैले गम्भिर भएर सोच्नु पर्ने प्रमुख सचेतक लेखकको भनाई थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*