२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

वैज्ञानिक युगमा भारतको फड्को : सूर्यको अध्ययन गर्न आदित्य–एल १ पठायो

छिमेकी राष्ट्र भारतले वैज्ञानिकतामा एकपछि अर्को पड्को मारेको छ । केही दिनअघि मात्र चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको थियो । यसको एक सातापछि मात्रै उसले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको छ। भारतले सूर्यको अध्ययनका लागि आदित्य–एस हिजो पठाएको हो ।

सो अन्तरिक्ष यान २०२३ सेप्टेम्बर २ तारिख शनिबारका दिन श्रीहरिकोटबाट बिहान ११ः५० बजे अन्तरिक्षतर्फ पठाएको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

यो यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दूरीको १ प्रतिशत हो ।

भारतीय एजेन्सीहरुका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न अन्तरिक्ष यानलाई चार महिना लाग्ने अनुमान गरिएको जनाएको छ ।

लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ ।

यो ठाउँको नाम फ्रान्सेली गणितज्ञ जोसेफ लुइस लेगरञ्जको नामबाट राखिएको हो । उनले १८ औं शताब्दीमा यो विन्दुको बारेमा खोज गरेका थिए ।

आदित्य–एल १ लेगरञ्ज प्वाइन्टमा पुगेमा यसले सूर्यको सबभन्दा बाहिरी सतहको कामको अध्ययन गर्नेछ । यो मिसनले दिने जानकारीबाट सूर्यका बारेमा मानव समुदायको बुझाइ अझ राम्रो बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*