३० बैशाख २०८१, आईतवार  |  12 May 2024,Sunday
Ad

राज्यको नीति र संविधान विपरीत युवाहरु बाहिय देशको सेनामा भर्तीहुनु गलत : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको नीति र संविधान विपरीत नेपाली युवाहरु जुन सुकै देशको सेनामा भर्तीहुनु गलत भएको बताएका छन् ।
शिखर सम्मेलन सम्पन्न गरी स्वदेश फर्कियका प्रधानमन्त्री दाहालले आइतबार विहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै त्यस्तो बताएका हुन् ।
जागिर खाने नाममा युक्रेन र रुसका सेनामा भर्ती हुन जान खोज्ने नेपाली युवाहरुलाई अवका दिनमा स्वंम आफै जिम्मेवार बन्न समेत उनले आग्रह गरे ।
उनले युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ कुरा उठाएको बताए ।
रुसका उपविदेश मन्त्री स्तरमै सेनामा भर्ती भई ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत गम्भिर छलफल भएको भन्दै प्रधानमन्त्री दाहालले यस विषमा रुस गम्भिर भएको पाएको पनि बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*