२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यले पाए

यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरिएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आज शीतलनिवासमा ओयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पु¥याएवापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
आचार्यले प्राप्त गरेको पुरस्कारको राशि एक लाख नगद सहित सम्मान पत्र रहेको छ ।
त्यस्तै युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरिएको छ ।
धमलाले २५ हजार नगद, सम्मानपत्र सहितको सो पुरस्कार राष्ट्रपति पौडेल मार्फत प्राप्त गरका हुन् ।
यस्तै कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्रा.डा. मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*