५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

माओवादीले भरतपुरको नै मेयर चाहिन्छ भनेको छैन् : पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चिबवनको भरतपुर महानगरपालिमा मेयर खोजेको नभई कांग्रेसले दिन खोजेको बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले ६ वटा महानगरमध्ये एउटा त माओवादीलाई चाहिने बताए ।

उनले भरतपुरको सट्टा काठमाडौं वा विराटनगर महानगरको प्रमुख लिन तयार रहेको बताए । उनले भने–‘माओवादीलाई भरतपुर र रेणु नै चाहिएको होइन । ६ वटा महानगरमध्ये एउटा त माओवादीलाई चाहिन्छ । त्यसमध्ये भरतपुर नै होइन काठमाडौं वा विराटनगर दिए पनि हुन्छ ।’

उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर माओवादीले जितेकाले कांग्रेसले पनि माओवादीलाई भरतपुर नै छाड्न खोजेको स्पष्ट पारे । उनले पाँच दलको गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि दलगत असन्तुष्टिले खासै असर नपर्ने पनि बताए ।

दाहालले भने–‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो । अन्तिममा गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*