२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

मनोज राजको मर्मस्पर्सी “तिम्रो याद” सार्वजनिक

गायक मनोज राजको नयाँ आधुनिक गीत “तिम्रो याद” सार्वजनिक भएको छ । गीत ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको हो ।
कृष्ण आचार्य “रोषनी”को शब्द रहेको मर्मस्पर्सी गीतमा ज्योति प्रकाशले संगीत भरेका छन्, भने सुदीप सागरले संगीत संयोजन गरेका छन् ।
झाडु लगाउने एक सरकारी कर्मचारी युवतीलाई गरेको माया प्रेम सवारी दुर्घटना संगै अन्त्य भएको भाव सहित देखाईएको म्यूजिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही लगाएतका कलाकारले अभिनय गरेका छन् ।
मुकेश हुमागाईंले खिचेको भिडियोको निर्देशन गोविन्द अन्जान र दिपेन्द्र प्रकाश केसीले गरेका हुन् ।
गीतको पोष्ट प्रोडक्सन बिपि फिल्मस नेपालले गरेको छ ।
अत्यन्त मेहेनत गरेर बनाईएको गीत दर्शक, श्रोताले मन पराईदिने आशा सहित नेपाली बजारमा ल्याईएको निर्माण कर्ताको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*