२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

प्रदर्शनकालागि चलचित्र “काँडेतार”ले अनुमति पायो

नेपाल सरकारको सेन्सर बोडले चलचित्र “काँडेतार” लाई फुकुवा गरेको छ ।
खुल्ला सीमाका कारण सीमा क्षेत्रमा भइरहका अपराध र नेपाली नागरिक माथीको अत्यचारका बिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद तथा दृश्यहरु प्रति आपत्ति जनाउँदै प्रदर्शन सर्टिफिकेट दिन रोकेको बोर्डले बिहिबार चलचित्र प्रदर्शनका लागि फुकुवा गरेको हो ।
सामना फिल्मस् प्रा. लि. द्वारा निर्मित चलचित्र काँडेतार लामो प्रयास पछि प्रदर्शनका लागि सर्टिफिकेट दिन बोर्ड सहमत भएको निर्माता, निर्देशक तथा नायक नवल खड्काले बताए ।
शिवम अधिकारी र नवल खड्काको लेखन रहेको चलचित्र देशभक्ति पूर्ण र परिवर्तलाई आत्मसाथ गर्ने कथामा आधारीत भएर निर्माण गरिएको छ ।
चलचित्रमा नवल खड्का, गौरभ पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव,मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्वु, केशव रायमाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्ननलाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम बिश्वास, कालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय रहेको छ ।
चलचित्रको भावना र नियतलाई आत्मसात् गर्दै सेन्सर फुकुवा गर्न तत्पर हुने चलचित्र सेन्सर वोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदी, सदस्य–सचिव निर्मला न्यौपाने लगाएतलाई सामना फिल्मस प्रा.लि.का तर्फबाट नायक खड्काले धन्यबाद दिए ।
साथै चलचित्र निर्माणदेखि सेन्सर फुकुवासम्मका प्रक्रियामा आ–आफ्नो बाट सहयोग पु¥याउने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमालेका बरिष्ठ नेता डा. भिम रावल, माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग, राप्रपाका प्रवक्ता एवम् माननीय– ज्ञानेन्द्र शाही लागाएतलाई नायक खड्काले आभार व्यक्त गरेका छन् ।
चलचित्रको प्रदर्शन मिति छिट्टै एक कार्याक्रमको आयोजना गरी घोषणा गरिने पनि नायक खड्काले जनकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*