२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

कांग्रेस कहिल्यै अहंकारको बाटोमा हिड्दैन : कांग्रेस प्रवक्ता


नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस कहिल्यै अहंकारको बाटोमा नहिड्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको बताए ।

उनले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको स्पष्ट पारे । केही दिनअघि माओवादी अध्यष पुष्पकमल दाहालले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने भन्ने भनाईलाई डा महतले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि बताए ।

उनले भने–‘उहाँले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ । ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन। यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन।’

जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उनले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*