२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

अब नेपालले थप बिजुली निर्यात गर्न पाउने

नेपालले थप ३२५ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार भारतले ३२५ मेगावाट बिजुली आफ्नो बजारमा बेच्न अनुमति दिने भएको हो ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर विद्युत प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्केटमा प्रवेशको अनुमति दिएको जानकारी दिएको छ ।
अब नेपालले ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत आयोजनाको ६७ मेगावाट, १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत आयोजनाको १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली भारतलाई बेच्न पाउने छ । त्यस्तै ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुली पनि भारतमा बेच्न पाउने अनुमति पाएको छ ।
यस अघि नेपालले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत आयोजनाको बिजुली भारतलाई बेच्ने अनुमति पाइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*