हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि विरगञ्जमा हिजोदेखि जारी कर्फ्यू आदेश आज राती १२ वजेसम्मका लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ ६ वजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् । कर्फ्यु आदेश आज चैत ३१ गते राति १२ बजेसम्मका निम्ति थप गरिएको छ । शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज ९आइतबार० मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो । पछि साँझ साढे ७ बजेदेखि कर्फ्यु लागु हुने जनाइएको थियो ।
न्यूज समय
३१ चैत्र, २०८१, आईतबार ००:००