प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । १ बजे सुरु भएको बैठकमा विपक्षीहरूले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै नारावाजी गरेका थिए ।
विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएको थिएन । बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।
तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।
न्यूज समय
१७ चैत्र, २०८१, आईतबार ००:००