काठमाडौंँ । नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति रासस शाखाकी पूर्व अध्यक्ष मोहिनी मिश्रको ५६ वर्षका उमेरमा क्यान्सर रोगबाट निधन भएको छ । ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनेको पारिवारिक स्रोतले जनाएको छ ।
उनी विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित थिइन् । मिश्रका एक छोरा छन् ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेकी मिश्रले राससकी पूर्व वरिष्ठ सम्पादक पदका स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकास लिएकी थिइन् । उनले राससमा दुईदशकभन्दा वढी सेवा गरेकी थिइन् । आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिएको छ ।
न्यूज समय
१९ फाल्गुन, २०८१, सोमबार ००:००