कांग्रेस नेतृ कोइरालाको आग्रहमा ६० विद्यार्थीलाई चीनमा छात्रवृत्ति दिने सिचवान प्रान्तीय सरकारको घोषणा

न्यूज समय

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको आग्रहमा चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ । नेतृ कोइराला नेतृत्वको चीन भ्रमणमा रहेको काँग्रेस प्रतिनिधि मण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्रीबीच छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो ।

छलफलमा नेतृ सुजाता कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन तथा चीनबाट लुम्बिनी र पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफुले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

सिचु्वान प्रान्तिय सरकारले कोइरालाको भ्रमणलाई आफुहरुले महत्त्वपूर्णरुपमा लिएको र छात्रवृत्ति उपलब्ध गराउने विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको जनाएका छन् । भ्रमण टोलीलाई सिचवानको प्रसिद्व पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो । त्यसअघि चिनियाँ राष्टपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियोे । यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियोे ।