संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
शुक्रबार महाशिवरात्रि तयारीको अवस्थाबारे जानकारी लिन पशुपतिनाथ पुगेका मन्त्री पाण्डेले पशुपति क्षेत्र विकास कोषका पदाधीकारीलाई निर्देशन दिदै महाशिवरात्रिलाई व्यवस्थितका साथ सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रूपमा दर्शन गर्न मिल्ने गरी तयारी गर्न आग्रह गर्दै मन्त्री पाण्डेले नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पु¥याउन पनि महाशिवरात्रिलाई भव्यताका साथ मनाउनु पर्ने बताए ।
त्यस अवसरमा मन्त्री पाण्डेलाई महाशिवरात्रि मूल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानी, दर्शन व्यवस्थापन जस्ता अत्यावस्यक चिजको व्यवस्था सहज तरिकाले मिलाउने गरी व्यवस्थापन भएको जानकारी गराएको थियो ।
न्यूज समय
९ फाल्गुन, २०८१, शुक्रबार ००:००