विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेरौ : अध्यक्ष ढकाल

न्यूज समय

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा सर्वसाधारणमा आग्रह गरेका छन् ।

आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधप्रति दुःख व्यक्त गरे ।

अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताए ।