बुटवल ।  अर्घाखाँचीको सन्धीखर्कमा भएको बस दुर्घटनामा परी मृत्यु हुने मध्य ११ जनाको सनाखत भएको छ । 
 सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
 सनाखत भएकाहरुमा चालक रुपन्देही बासगढी वर्ष ३१ का ओम बहादुर थापा, खाचिकोट काउलेका  बर्ष १८ की माया पुरी, ८ वर्षीय मेनुका खड्का, खाचिकोट डिहिडाँडाका बलराम भट्टराई, चप्परगाउँ कपिलवस्तुको २७ वर्षकी सीता बस्नेत, रहेकी प्रहरीले जनाएको छ । 
 त्यस्तै मृत्यु हुनेमा पिपलडाँडा वेम्जिङ गुल्मीका २८ बर्षीय राज कुमार महत, ३६ वर्षीय सन्त बहादुर बस्नेत, भूमिकास्थान नगरपालीका–९ शैलैस थापा, सन्धीखर्क–७ का शिवलाल भट्टराई, सन्धीखर्क नगरपालिका १० का छविलाल गइरे र ६ महिनाका बालक रहेको प्रहरीले पुष्टि गरेको छ ।
 मृतक मध्य अन्य आठ जनाको अझै परिचय खुल्न सकेको छैन् । 
 दुर्घटनामा परी घाईते १७ जनाको बुटवल तथा भैरहवामा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
 प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सन्धिखर्कबाट गोरुसिँगे आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट झण्डै ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको थियो ।

 
					
न्यूज समय
१२ मंसिर, २०७६, बिहीबार ००:००