काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्बाचनबाट अध्यक्षमा रमेश बिजी विजयी भएका छन् ।
पोखरामा आइतबार सम्पन्न सातौँ महाधिवेशनको चुनाबमा ५८४ मत प्राप्त गरी बिजी अध्यक्षमा बिजयी भएका हुन् ।
३९ मत कम ल्याएका अध्यक्ष पदका अर्का प्रतिस्पर्धी विष्णु खत्रीले ५४५ मत प्राप्त गरेका थिए ।
सहमतिमा नटुङ्गीएका पदहरु मध्यमा भएको चुनाबमा प्रतिष्ठानको कोषाध्यक्षमा राजु ढकाल, सह–कोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका छन् ।
त्यस्तै सहमतिमा वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उप–महासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह–कोषाध्यक्षमा महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन भएको गायक कृष्ण रेउलेले जानकारी दिए ।
त्यस्तै केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित भएका छन् ।
त्यसैगरी खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर चुनिएका छन् ।
केन्द्रीय सदस्यमा भुगोल गण्डकीबाट तारानाथ आचार्य, सुदूरपश्चिमतर्फबाट नवीन धामी विजयी भएका छन् । त्यस्तै केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी बिजयी भए ।
महाधिवेशन मंसिर ६ गतेदेखि सुरु भई ८ गते सम्पन्न भएको हो ।
न्यूज समय
९ मंसिर, २०७६, सोमबार ००:००