खो खो विश्वकपमा भुटानलाई हराउदै नेपालको तेस्रो जित

न्यूज समय

काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालले भुटानलाई पराजीत गरेको छ । बिहीबार भारतको दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको खेलमा प्रतिद्वन्द्वी भुटानविरुद्ध ९८–८ को जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकालेको हो । जितसँगै नेपालले समूह ‘ए’मा चार खेलबाट ६ अंक जोडेको छ ।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग ४१–३७ ले पराजित भए पनि त्यसपछि नेपालले लगातार जित निकालेको छ । नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ र तेस्रो खेलमा ब्राजिललाई १३८–८ ले हराएको थियो ।

अब समूह चरणमा हुने भारत र भुटानबीचको खेलपछि नेपालको क्वार्टरफाइनल यात्रा निश्चित हुनेछ । यस समूहमा नेपालसँगै, घरेलु टिम भारत, भुटान, ब्राजिल र पेरू छन् ।